लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

चैत्र ३०, २०८०

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नु भएको छ । लुम्बिनी प्रदेशसभामा कायम रहेका ८६ सदस्यीय प्रदेशसभा सदस्य मध्ये ४८ जनाले महराको पक्षमा मतदान गरेका छन् । 

१० सांसद रहेका माओवादीका महरालाई एमालेका २९, नागरिक उन्मुक्ती पाटीका ४, जसपा ३, एकीकृत समाजवादी पार्टीका १ र स्वतन्त्र सांसद खड्क बस्नेतले पक्षमा मतदान गरेका हुन् । विपक्षमा २८ मत परेको छ । विपक्षमा कांग्रेस र जमनत देखिए । ३÷३ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उपस्थित भएन । 


प्रतिक्रिया