तीनसातापछि अरुण नदीमा फेरी सञ्चालन

वैशाख ६, २०८१ | सङ्खुवासभा

भोजपुरको उत्तरी दिङ्ला र सङ्खुवासभाको तुम्लिङटार जोड्ने अरुण नदिमा पर्ने सतिघाटको फेरी आजबाट सञ्चालनमा आएको छ ।

 तारमा समस्या देखिएपछि गत चैत १६ गतेदेखि फेरी बन्द गरिएको थियो । प्राविधिक टोलीले फेरी मर्मत गरेर पुन सञ्चालनमा ल्याएको षडानन्द नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईंले बताउनुभयो । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएको हाम्रा सहकर्मीले जनाएका छन् ।

 नदीमा पानीको वहाव परिवर्तन हुँदा सतिघाटतर्फ बालुवा बढी थुप्रिएको र त्यसलाई नहटाएसम्म ठूला मालवाहक सवारीसाधन ओसारपसार गर्न अप्ठ्यारो भएको कार्यकारी अधिकृत चापागाईंले बताउनुभयो । 

तीन वर्ष अगाडि सतिघाटमा सञ्चालनमा ल्याइएको फेरीबाट दैनिक १ सय भन्दा बढी सवारीसाधन वारपार गर्ने गरिएको छ । 


प्रतिक्रिया