विरेन्द्र तालमा हिम पहिरो, एउटा पुल बगायो

वैशाख ९, २०८१ | गोरखा

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित विरेन्द्र ताल क्षेत्रमा हिम पहिरो गएको छ । 

हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल पनि बगाएको चुमनुव्री–१ की वडा सदस्य धेजेन लामाले जानकारी दिनुभयो । 

‘लामो समयसम्म जमेर बसेको आइस तालमा खसेर बाहव बढेको छ, एउटा पुल पनि बगायो,’ उहाँले भन्नुभयो, ‘सानो–सानो पहिरो त पहिले पनि खसिरहन्थ्यो, आज अलि ठूलै पहिरो खसेको छ ।’

मौसम परिवर्तन पछि जमेको ‘आइस’ खसेको उहाँले बताउनुभयो । पहिरोपछि तालबाट बग्ने पानीको बाहव बढेकाले बुढीगण्डकी तटिय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको वडा सचिव लामाले बताउनुभयो । 

विरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ । सामागाउँ प्रहरी चौकीबाट टोली विरेन्द्र ताल क्षेत्रमा जाँदै छन् । 

पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो ।


प्रतिक्रिया