वीरेन्द्र तालमा हिमपहिरोः पानीको वाहव वढेपछि सर्तक हुन प्रशासनको आग्रह

वैशाख ९, २०८१ | काठमाडौं

गोरखास्थित वीरेन्द्र तालमा हिमपहिरो खसेर पानीको बहाव बढेसँगै बुढीगण्डकी तटिय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको हो । चुमनुव्री–१ की वडा सदस्य धेजेन लामाले तालमा हिउँ आएर थुप्रिएकोे बताउनुभयो ।

तालमा हिमपहिरो खस्दा आएको बाढीले सामागाउँबाट साम्दो जाने मुलबाटोको काठे पुल बगाएको छ । त्यसपछि मनास्लु क्षेत्र पुगेका पर्यटक वैकल्पीक मार्गको प्रयोगबाट आउजाउ गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै विरेन्द्र तालमा झरेको हिम पहिरोले तालको पानी विस्थापन हुन गइ नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसैबीच, प्रहरीको टोली वीरेन्द्र ताल क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया