नेपालीलाई चिनियाँ भिसा निःशुल्क

वैशाख १६, २०८१ | काठमाडौं

चीनले नेपाली नागरिकलाई निःशुल्क भिसाको व्यवस्था गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सङले माइक्रो ब्लगिङ साइट एक्समा सो जानकारी दिनुभएको हो ।

उहाँले काठमाडौँस्थित चिनियाँ दूतावासले आगामी १ मे देखि नेपाली नागरिकको चिनियाँ भिसा शुल्क नलिने बताउनुभएको छ । तर दूतावासले एक्सप्रेस शुल्क र सेवा शुल्क अझै पनि लिने जनाएको छ ।

यस्तै, मे १ भन्दा पहिले स्वीकृत भिसा आवेदनहरू अघिल्लो मापदण्ड अनुसार शुल्क लिइने बताइएको छ ।

दूतावासले चीन र नेपालबीचको मित्रतालाई बढावा दिन र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन भिसा शुल्क नलिने प्रावधान राखेको हो ।

नेपालले यसअघि नै चिनियाँ पर्यटकलाई निशुल्क भिसा दिने व्यवस्था गरेको छ । 


प्रतिक्रिया