सिधाकुराको समाचार जाँचबुझ गर्न न्यायाधीश समाज नेपालको माग

वैशाख १६, २०८१ | काठमाडौं

न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित÷प्रसारित भ्रामक समाचारले न्यायप्रणालीप्रतिकै आक्रमण भएको भन्दै आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

समाजका महासचिव टेक नारायण कुँवरद्धारा जारी विज्ञप्तीमा सीधाकुरा डटकम नामक अनलाईन टिभी ÷समाचारबाट भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल भन्ने शीर्षकमा गत बैशाख १४ गते प्रशारित र प्रकाशित गरिएको सामग्री प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारमा आएका विषयहरुबाट भ्रमित नहुन र सो सम्बन्धमा आवश्यक जाँचबुझ भई सम्बन्धित समाचार संस्थालाई कानूनको दायरामा ल्याउने तर्फ आवश्यक कारबाही गर्न समाजले आग्रह गरेको हो ।

न्यायाधीश विशेषलाई मुछेर फैसलामा अनुचित प्रभाव परेको भन्ने किसिमको निष्कर्ष प्रमाणित भएको जसरी समाचार सम्प्रेक्षण हुनु न्यायप्रणाली माथिको आक्रमण भएको जिकिर गरिएको छ ।  


प्रतिक्रिया