नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोप्रति भारतको सन्तुष्टि

वैशाख २३, २०८१ | काठमाडौं

नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेको विषयमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताउनुभएको हो ।

ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले सीमाको बिषयमा स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताउनुभयो ।

नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?’ भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भन्नुभयो– “नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र भूमिको यथार्थ परिवर्तन हुँदैन ।”

गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया