नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छः प्रधानमन्त्री दाहाल

वैशाख २३, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नागरिकको मौलिक हक कार्यान्वयनमा आफू नेतृत्वको सरकारले विशेष ध्यान दिएको समेत बताउनुभयो । गरिब, असाहाय, विपन्न नागरिकलाई उपचारको पहुँचमा ल्याउन सरकारी स्वास्थ्य संस्थामा २ हजार ८ सय निःशुल्क शैयाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

संविधानमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएपनि सोही अनुसार कार्यान्वयन गर्न नसक्दा उपलब्धी प्राप्त नभएको प्रधानमन्त्री दाहालको भनाई छ ।

प्रधानमन्त्री दाहालले सरकार आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिइने बताउनुभयो ।  


प्रतिक्रिया