वाग्मती विश्वविद्यालयको कार्यालय हेटौंडामा स्थापना

वैशाख २३, २०८१ | काठमाडौं

वाग्मती प्रदेश सरकारले हेटौंडामा वाग्मती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका—८ मा वाग्मती विश्वविद्यालय सम्पर्क कार्यालयको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज उद्घाटन गर्नुभयो ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले लामो समयको गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले मूर्त रूप पाएको बताउनुभयो ।

वाग्मती प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालय नयाँ मोडेलमा सञ्चालन हुने मुख्यमन्त्रीको भनाइ छ ।

उहाँले विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप नहुने र स्वायत्त प्राज्ञिक संस्थाका रूपमा सञ्चालन हुने दावी गर्नुभयो । 


प्रतिक्रिया