कर्णली करिडोर सडक आयोजनाको छारे खण्ड ब्रेक थ्रु

वैशाख २३, २०८१ | हुम्ला

राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्ला सदरमुकाम सिमकोट अब चालु आर्थिक वर्षभित्र सडक सञ्जालमा जोडिने भएको छ ।

खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको कडा चटानी भाग अर्थात छारे खण्डको ब्रेक थ्रु गरिएको हो ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर अन्तरगत निर्माणाधीन ग्युसी देखि लालीबगर खण्डको ११ दशमलव ५ किलोमिटर ट्रयाक खोल्ने कडा चट्टाने भिर छिचोल्ने काम सम्पन्न गरेसँगै अब खार्पुनाथ गाउँपालिकाको खार्पु सम्म सहजै यातायातका साधन संचालनमा आउने भएका छन् ।


नेपाली सेनाले निर्माण गरेको सडक कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण नभएकाले सो खण्डमा सहजरुपमा यातायत सुचारु हुन अझै केहि समय लाग्ने कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडा हुम्लाले जनाएको छ ।

सरकारले झन्डै दुई दशकदेखि हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने बताउँदै आएको छ । 


प्रतिक्रिया