लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा पन्थी

वैशाख २३, २०८१

लुम्बिनी प्रदेश सरकारको नया प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थी दिइएको छ । प्रदेश राजधानी देउखुरीमा मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पन्थीलाई प्रवक्तामा नियुक्त गरेको हो । 

यसअघि चैत २५ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका दिपेन्द्रकुमार पुनलाई महराले २६ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रवक्तामा नियुक्त गर्नु भएको थियो । उहाँलाई स्वास्थ्यमन्त्री सहित प्रवक्ताको जिम्मा थियो । 

मुख्यमन्त्री महराले वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकमा ७ सदस्यीय मन्त्री सरकार विस्तार गर्नेक्रममा गुल्मी निर्वाचन क्षेत्र २ (२) बाट एमालेबाट निर्वाचित सांसद पन्थीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोक्नु भएको थियो । पुनका अनुसार तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखी बुटवलमा रहँदै आएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई हटाइएको छ । स्थायी राजधानी दाङ सरेपछि पनि मुख्यमन्त्री सम्पर्क कार्यालय बुटवलमा रहँदा आलोचना भएको थियो ।


प्रतिक्रिया