गण्डकीमा ३० मतकै आधारमा विश्वासको मत प्राप्त भएको घोषणा

वैशाख २३, २०८१

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभाको ३० मतको आधारमै विश्वासको मत प्राप्त भएको घोषणा गरिएको छ । प्रदेश सभामा कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णप्रसाद धितालले सर्कोच्च अदालतको आदेश भन्दै त्यसको टेको लागेर ३० मत मै विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो । 

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा रहेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नुभयो । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ३१ मत चाहिने हो । तर सभामुखले सर्वोच्च अदातलको आदेशको कोट गर्दै ३० मत प्राप्तलाई नै बहुमत भनिदिनुभयो । यसले मत लिँदा प्रदेशसभाको कुल सदस्य संख्याभित्र सभामुख गणना भए की भएनन् प्रश्न उठेको छ । गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । प्रदेशसभामा सभामुखलाई गणना नगर्दा ५९ हुन्छ । ५९ को ३० बहुमत भयो भन्ने अदालतको आदेश छ तर संविधानको गणपूरक संख्या र मतदानसँग सम्बन्धित प्रावधानमा सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था छ । कुल संख्या भनेको ३० भएकाले बहुमत पुग्न ३१ नै हुनुपर्छ ।

यसैबीच गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा गरेको घोषणा असंवैधानिक भएको भन्दै कांग्रेसले विरोध जनाएको छ । प्रदेशसभाको बैठक लगत्तै कांग्रेसले सभामुखले गरेको असंवैधानिक निर्णयलाई अस्वीकार गर्दै कानूनी उपचारको बाटोमा जाने जनाएको छ ।


प्रतिक्रिया