सहकारी ठगीको छानविन समिति गठन गर्नुपर्नेमा एकीकृत समाजवादीको समर्थन

जेष्ठ ३, २०८१ | काठमाडौं

सत्तारुढ एकीकृत समाजवादीले सहकारी ठगीको विषयमा छानविन समिति गठन गर्नुपर्ने प्रतिपक्षी नेपाली काँग्रेसको मागलाई समर्थन गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठकले सहकारी ठगीको विषयमा छानविन गर्नुपर्ने निर्णय गरेको हो । 

केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो जानकारी दिनुभयो ।

यसैबीच, एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले १८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

सो पार्टीले देशको आर्थिक जीवनसङ्कटपूर्ण बन्दै गएको उल्लेख गर्दै लगानी र उत्पादनको वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।


प्रतिक्रिया