७ सय ९० बोरा धानसहित रौतहटमा एक जना पक्राउ

जेष्ठ १८, २०८१ |

रौतहटको ईशनाथ नगरपालीका–४ मा भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको धान सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरीको गस्ती टोलीले ईशनाथमा राजपुर नगरपालीका–६ ४२ बर्षीय अमर साहलाई बिहिबार साँझ ७ सय ९० बोरा भारतीय धान सहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी एलिजा गिरीले जानकारी दिनुभयो । 

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले साहलाई पक्राउ गरेको हो । 

खुला सीमाका कारण भारतबाट धान, गहुँ, चिनि, प्याज लगायतका समानहरु तस्करी हुँदै आएको छ।  


प्रतिक्रिया