अत्यधिक गर्मीपछि गुलरियाका विद्यालय थप ६ दिन बन्द हुने

जेष्ठ १८, २०८१ | बर्दिया

अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष स्वास्थ्य असर पर्दे गएको भन्दै बर्दियाको गुलरिया नगरपालिकाका नगरभित्रका विद्यालयमा थप छ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको थियो । गर्मी नरोकिएपछि पुन आइतवारदेखि लागू हुने गरि थप ६ दिन विद्यालय बन्द गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनुभयो ।

अब जेठ २५ गतेबाट मात्र विद्यालय सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । गर्मी निरन्तर भइरहे पुनः विद्यालय बन्द गरिने यादवले बताउनुभयो । बर्दियामा दिउँसोको समयमा ४३ डिग्री सेल्सीयससम्म तापक्रम पुग्ने गरेको छ ।

तातो हवा लु र अत्यधिक गर्मीले घर बाहिर निस्कने अवस्था नरहेको स्थानीय ६८ वर्षीय हरीराम लोधको भनाई छ । आज पनि बर्दियाको तपक्रम ४३ डिग्री पुगेको छ ।

दिउँसो अत्यधिक गर्मी र तातो लुले जिल्लाको जनजीवन प्रभावित बनाएको छ ।  


प्रतिक्रिया