रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ युवाको मृत्यु

जेष्ठ १२, २०८१ | बुटवल

रुपन्देहीको बुटवल र तिलोत्तमामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटना हुँदा तिलोत्तमा र सैनामैनाका २ युवाको मृत्यु भएको बुटवलस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

तिलोत्तमा नगरपालिका–४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको हो । तिलोत्तमा–६ निवासी डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । 

घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका–४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको हो । 

प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश ३–२००२ प २०३६ नम्बरको मोटरसाईकल शुक्रबार राति साढे १० बजे दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाईते भएका अर्याललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा राति पौने १ बजे मृत्यृ भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।  


प्रतिक्रिया