तनहुँमा ट्रक दुर्घटनाः चालक र सहचालकको मृत्यु

पुस ९, २०८१
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी १ स्थित आँधीखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ईटा बोकेको ट्रक दुर्घटना हुँदा चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो ।
डुम्रेबाट आँबुखैरेनी आँउदै गरेको जीपलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो । जीपमा सवार चार जना भने सकुसल रहेको प्रहरीको भनाई छ ।