सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

जेष्ठ १७, २०८१ | वीरेन्द्रनगर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला नजिकै टाकुरी मोडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीले बताउनुभयो । 

मृतक एक जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप आज बिहान २ बजेतिर टाकुरी मोडमा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया