लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने

जेष्ठ १९, २०८१ | देउखुरी

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम पर्सी सोमबार ल्याउने भएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्कोे बैठकले पारित गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा पेश गर्नुहुनेछ । नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा सञ्चालित विभिन्न पुराना योजनालाई पूरा गर्नेमा जोड दिइएको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताउनु्भयो ।

यसवर्ष तिनाउ करिडोर, तिलौराकोट, शिवपुर, पूर्वीरुकुम र स्वर्गद्धारीमा डिपिआर गरेर नयाँ सहरको रुपमा विकास गरिने उहाँको भनाई छ । पाल्पा, अर्घाखाँची र रोल्पालाई पर्यटकीय क्षेत्र बनाउने योजना ल्याइने भएको छ । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यक्षेत्रमा बढी जोड दिइएको छ ।  


प्रतिक्रिया