संखुवासभामा वर्षासँगै आएको बाढी र पहिरोले एक घर दुई स्वास्थ्य केन्द्र पुरियो

जेष्ठ २०, २०८१ | संखुवासभा

संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एक घरसहित दुई स्वास्थ्य केन्द्र पुरिएका छन् ।

शुक्रबार र शनिबार परेको वर्षापछि आएको बाढी र पहिरोले भोटखोला–४ स्थित सेम्बुङ गाउँमा सेम्बुङमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसनार पहिरो पीडितहरु पूर्ण रूपमा विस्थापित भएका छन् । पहिरोबाट विस्थापित रिदर ज्याबु अहिले छिमेकीको शरणमा छन् । बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो

अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई वटा गाडी समेत पहिरोले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो ।

 पहिरोले भोटखोला–४ स्याक्सिला गोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौं रुपैयाँ क्षति भएको छ । त्यस्तै पहिरोले भोटखोला–४ मा निर्माणाधीन ५ शैयाको अस्पताल पुरिएको छ । छोङराङमा ग्रामीण विद्युत कम्पनीको निमार्ण सामग्री समेत बगाएको छ ।


प्रतिक्रिया