लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश

जेष्ठ २१, २०८१ | काठमाडौं

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ ।

लुम्बिनी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता निराजन घिमिरेले बताउनुभयो ।

लुम्बिनीमा पर्यटक भित्राउने, प्रदेशभित्र पर्यटन प्रवद्र्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडिबुटी लगायत क्षेत्रबाट उद्यमशितलाको विकास सहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारको छ ।  


प्रतिक्रिया