लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ २२, २०८१ | देउखुरी

लुम्बिनी प्रदेश सरकारकोे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि आज प्रदेश सभामा छलफल भएको थियो । छलफलमा सत्ता पक्ष र प्रतिपक्षका गरी २० सदस्य सहभागी थिए । छलफलमा उठेका विषयहरुमा सरकारको तर्पmबाट मुख्यमन्त्री जोखबहादुर महराले जवाफ दिनु भएको थियो ।

नीति तथा कार्यक्रम छोटो दस्तावेज भएकाले सबै विषय समेट्न नसकिएको र छुटेका महत्वपूर्ण विषयलाई बजेटका क्रममा पनि सम्बोधन गर्न सकिने उहाँले बताउनुभयो । जवाफपछि मुख्यमन्त्री महराले नीति कार्यक्रम पारितका लागि पेश गर्नु भएको थियो । पेश भएको कार्यक्रमलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेश गर्नु भएको थियो ।

सभामुखको प्रस्तावमा सत्ता पक्षका प्रदेश सभा सदस्यले समर्थन गरेका थिए । लुम्बिनी प्रदेश सभामा २७ सदस्य रहेको कांग्रेस, ४ सदस्य रहेको राप्रपा, तीन÷तीन सदस्य रहेको जनमत र लोसपा र एक सदस्य रहेको जनमोर्चा विपक्ष मोर्चामा छन् ।

प्रदेश सभाको आगामी बैठक असार १ गते बस्ने छ ।


प्रतिक्रिया