पोखरामा प्रधानमन्त्रीलाई सहकारीपीडितद्वारा कालो झण्डा प्रदर्शन
जेष्ठ २३, २०८१ | पोखरा
सूर्यदर्शन सहकारीपीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा र ब्यानर देखाएका छन् ।
आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सभागृह अगाडि भेला भएर पीडितले कालोझण्डा र नारा लगाएका थिए ।
झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना पुरुष र ५ जना महिला छन् । उनीहरू र प्रहरीबीच केहीबेर विवाद समेत भएको थियो ।