कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ २३, २०८१ | सुर्खेत

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्नुभएको हो ।

कर्णाली प्रदेशले स्वस्थ माटो, स्वस्थ जिवन भन्ने नाराका साथ माटो परीक्षणलाई व्यापकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

स्थानीय स्तरमा गुणस्तरीय प्राङगारिक मल उत्पादन प्रविधीका लागि एक पालिका एक कृषक पाठशाला सञ्चालन गरिने सरकारी नीति छ ।

भूकम्प प्रतिरोधी आवास निमार्णका लागि दक्ष कामदार तयार गर्न आवश्यक तालिम प्रदेशका सबै जिल्लामा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै प्रदेश र जिल्ला अस्पतालमा जेष्ठ नगारिक र अशक्त अपाङगता भएकाहरुको लागि छुट्टै वार्डको व्यवस्था गरिने नीति तथा कार्यक्रममा तय गरिएको छ । 


प्रतिक्रिया