गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने
जेष्ठ २५, २०८१ | काठमाडौं
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि विश्वासको मत लिनुहुने भएको छ ।
पाण्डेले जेठ २८ मा विश्वासको मत लिनका लागि संसद आह्वानका गर्न सभामुखलाई पत्र पठाउनुभएको हो । पाण्डेको विश्वासको मतका लागि जेठ २८ गते ३ बजेसंसद बैठक बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले असार १५ सम्म विश्वासको मत लिइसक्नुपथ्र्यो । संविधानको धारा १६८ (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
६० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गर्न ३१ सांसद आवश्यक पर्दछ । संसदमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । राप्रपाले सरकारलाई समर्थन गर्नेबारे धारणा भने सार्वजनिक गरिसकेको छैन ।