छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा
पुस १४, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा भएको छ । गाउँपालिकामा आज आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छिन्नमस्ता गाउँपालिकालाई वालविवाहमुक्त पालिका घोषणा गर्नु भएको हो ।
छिन्नमस्ता बालविवाहमुक्त घोषणा भएको मधेश प्रदेशको तेश्रो गाउँपालिका भएको पालिका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो । बालविवाहका असर र कानुनी सजाय बारे पालिकावासीहरुलाई यथेष्ट रुपमा जानकारी गराई सरोकारवाला सबैसंगको समन्वय र सहकार्यमा पालिकालाई वालविवाह मुक्त पालिका घोषणा गरिएको अध्यक्ष चौधरीको भनाई छ ।