बर्दियामा ११ महिनामा ३१ वटा कृष्णसार मारिए

जेष्ठ ३१, २०८१ | बर्दिया

बर्दियामा ११ महिनाको अवधिमा ३१ वटा दुर्लभ वन्यजन्तु कृष्णसार मारिएका छन् ।

अधिकांश कृष्णसार चितुवा, हुडार र भुस्याहा कुकुरकोे आक्रमणमा मारिएको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ ।

खैरापुरस्थित संरक्षण क्षेत्रका रेन्जर अरुण चौधरीका अनुसार मारिएका कृष्णसारमा १२ वटा भाले, ४ वटा पोथी र १५ वटा बच्चा कृष्णसार छन् ।

संरक्षण क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा कृष्णसारको संख्या बढेको बताइन्छ ।

दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया—२ स्थित खैरापुर संरक्षण क्षेत्रमा पाइने गरेको छ ।  


प्रतिक्रिया