सल्यानमा खडेरीका कारण मकै बाली सुक्न थाल्यो

असार ३, २०८१ | काठमाडौं

लामो समयदेखिको खडेरी तथा उच्च गर्मिका कारण सल्यानका किसानले पाखो तथा खेतमा लगाएको मकै बाली सुक्न थालेका छन । 

लामो समयसम्म बर्षात नभएको र अर्कोतिर सिँचाईको कुनै सुविधा नभएपछि किसानले लगाएका मकैबली सुक्न थालेका हुन् । 

मुख्यबालीको रुपमा प्रत्येक वर्ष खेत तथा पाखोबारीमा मकै लगाउँदै आएका किसानहरुले उत्पादित मकैबाट वर्षमा चार महिना सजिलै गुजारा चलाउँदै आएका थिए । 

घोगा लाग्न थालेका बेला मकै सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । 

लामो समयदेखि परेको खडेरीका कारण मुहान तथा खोला सुकेपछि सिचाईको समस्याकै कारण किसानले लगाएको मकैबाली र धानको ब्याड समेत सुक्न थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईस्वरी नारायण घर्तिले बताउनुभयो ।


प्रतिक्रिया