सर्लाहीमा रोकि राखेको ट्रकसंग यात्रुवहाक बस ठोकिँदा ३ जनाको मृत्यु
असार ६, २०८१ | सर्लाही
सर्लाहीको बाग्मती नगरपालिका–१ रायमाझीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १७ जना घाईते भएका छन् ।
भैरहवाबाट जनकपुर आउँदै गरेको बस बिहान सडक किनारामा रोकि राखेको भारतीय ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको विभिन्न अस्पताल उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।
यस्तै, धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सो गाडी सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।