संखुवासभाको मकालु गाउँपालिकामा बाढी र पहिरोले २४ घर विस्थापित

असार ७, २०८१ | संखुवासभा
संखुवासभाको मकालु गाउँपालिका ६ सागसेवामा आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।
एकसातासम्म लगातार भएको वर्षापछि गुहे खोल्छामा आएको बाढी र पहिरोले २४ घरपरिवारको घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।
उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरोले मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।
भोटखोला गाउँपालिका ४ मा पर्ने लामा बगर माथिबाट आएको पहिरोले करिव ३० मिटर सडक बगाएको छ ।
सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिरोले ३५ मिटर सडक पुरेको प्रशासनले जनाएको छ ।