कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाई हेदाहेर्दैमा

असार ९, २०८१ | काठमाडौं

कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

गत जेठ ३१ गतेको सनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेसी तोकिएको थियो ।

न्यायाधीश कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मलित तीन सदस्यीय पूर्ण इजलासमा सुनुवाई नसकिएपछि मुद्दाको स्थिती हेर्दाहेर्दैमा राखिएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले गत बैशाख २६ गते नयाँ सरकार गठनका लागि गरेको आह्वान र सरकार गठनको प्रक्रिया असंवैधानिक भन्दै कार्कीले अन्तरिम आदेशको माग सहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तर, सर्वोच्चबाट अन्तरिम आदेश नभई मुद्दा एकल, संयुक्त हुँदै पूर्ण इजलासमा पुगेको हो ।  


प्रतिक्रिया