कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध!

असार १४, २०८१

कर्णालीको प्रदेशसभा बैठक निरन्तर अवरुद्ध हुन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट माथी आपत्ति जनाउदै आएकाले बैठक अवरुद्ध हुन थालेको हो । 

आर्थिक वर्ष २०८१÷०८२ को बजेट माथी सदनमा छलफल सुरु भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले असार १ गते सभाको बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नु भएको थियो । त्यसपछि २ दिनसम्म चलेको बजेट माथीको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा असार ५ गते आर्थिक मन्त्री केसीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बोल्दाबोल्दै कांग्रेसले विरोध जनाएको थियो ।

त्यस यता असार १४ गते शुक्रबारसम्म ५ पटक संसद बैठक बोलाए पनि निरन्तर अवरुद्ध हुंदै आएको छ । आजका लागि बोलाइएको संसद बैठक पनि सूचना टासेर स्थगित भयो । दिनभर दलहरु बिच छलफल भएपनि सहमती जुट्न नसक्दा बैठक आइतबार दिउंसो ३ बजे बस्ने गरि स्थगीत गरिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताउनुभयो । 


प्रतिक्रिया