खोटाङ पूर्ण खोप सुनिश्चितता घोषणा
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/health/khotangkhop-1719920491.jpg&w=700&height=600)
असार १८, २०८१
खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्लाका ५९ महिनाभित्रका नौ हजार तीन सय तीन जना बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको हो । जिल्लास्थित स्थानीय तहहरूलाई पूर्ण खोप सनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई समेत घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताउनुभयो ।