कोशी राजमार्ग सुचारु

असार २५, २०८१

कोशी राजमार्गको सिमसुवा–मुलघाट खण्ड सुचारु भएको छ । साँगुरिगढी गाउँपालिकामा पर्ने सिमसुवा, फेदी, घण्टे र गर्जुवा लगायत स्थानमा पहिरो झर्दा आज बिहानैदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । 

स्थानिय खोल्सा र खहरेले बगाएर ल्याएको ढुंगामुढा, गेग्रान र माटो कोशी राजमार्गको मुलघाट–सिमसुवा खण्डको विभिन्न स्थानमा थुप्रीएपछी आज बिहानबाट यातायात प्रभावित थियो । पानी पर्ने क्रम नरोकिएकाले थप पहिरो ग्रस्त स्थानबाट सडकमा ढुंगा, गेग्रान र लेदो झरिरहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले कोशी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया