ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ घाइते

असार २६, २०८१ | ताप्लेजुङ

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा एउटा घर भत्किदा ६ जना घाइते भएका छन् । गएराति खाना खाइरहेको अवस्थामा स्थानीय ४३ वर्षीय खड्ग बहादुर बानिँयाको ढुङ्गा र माटोले बनेको घर भत्किँदा उनीसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घरले पुरिएर बानिँया सहित उनकी श्रीमती ३८ वर्षीया जानुका बानिँया, ३० वर्षीया सुबिना बानिँया, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विश्वकर्मा र १० वर्षीय रोहित विश्वकर्मा घाइते भएका हुन् । 

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा पठाइएको बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक रावलका अनुसार घर लडेर पुरिएको खबरपछि हप्पु खोला, खाम्दीङगे बजार लगायत स्थानीय बासिन्दा र खाम्दीङगे प्रहरी चौकीबाट गएको टोलीले उनीहरुलाई उद्धार गरी उपचारमा पठाएको हो । 


प्रतिक्रिया