सेती नदीले बगाउँदा एक पुरुष बेपत्ता

असार २६, २०८१ | तनहुँ

सेती नदीले बगाउँदा तनहुँको व्यास नगरपालिका–१ भादगाउँका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् । 

व्यास–१३ छाब्दी दोभानस्थित सेती नदीमा दाउरा तान्ने क्रममा खसेर उनी बेपत्ता भएको प्रहरी उपरीक्षक अपिल बोहेराले बताउनुभयो । 

नदीमा खसेर बेपत्ता भएका थापाको खोजी भईरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमाण्डमा १५ जनाको टोली खटिएको छ । 


प्रतिक्रिया