लुम्बिनी सरकारबाट बाहिरियो जसपा

असार २६, २०८१

लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका जसपाका भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री अहिरले मुख्यमन्त्री जोखबहादुर महरासमक्ष राजीनामा बुझाउनु भएको हो । 

जसपाले कांग्रेस–एमालेको समिकरणमा सहभागी हुने निर्णय गरेको छ । लुम्बिनीमा जसपाका ३ प्रदेश सभा सदस्य छन् । समिकरण फेरिएको र एमाले कंग्रेसको नयाँ समिकरणलाई समर्थन गर्ने निर्णय अनुसार माओवादी नेतृत्वको सरकारबाट बाहिरिएको जसपाका महासचिव इस्तियाक राईले बताउनुभयो । 

अहिर यसअघि तीन वटा मुख्यमन्त्री हुँदा तीनै पटक सरकारमा सहभागी भएर तीनै पटक कृषि तथा भुमी ब्यवस्था मन्त्री बन्नु भएको थियो । 


प्रतिक्रिया