कर्णाली प्रदेशमा साउन १ गते सार्बजनिक बिदा

असार ३०, २०८१ | सुर्खेत

कर्णाली प्रदेश सरकारले साउन १ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको हो । बिदाको दिन प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा बन्द हुनेछन् ।

प्रदेश सरकारले वैशाख १७ गतेको मन्त्रिपरिषदबाट बिदा दिने निर्णय गरेको थियो ।

त्यहिअनुरुप बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।  


प्रतिक्रिया