दार्चुलामा एक वर्षमा २ हजार ५ सय बढी सवारी चालक ट्राफिक कारवाहीमा

श्रावण ७, २०८१ | दार्चुला

दार्चुलामा एक वर्षको अवधिमा दुई हजार पाँच सय बढी सवाी चालक ट्राफिक प्रहरीको कारवाहिमा परेका छन् । 

गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी चालक करबाहीमा परेका हुन् ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय ८ जीप र कारका चालकलाई कारबाही गरिएको छ । 

तीन सय ६६ मोटरसाइकल, दुई सय ४२ टेक्टर, एक सय १७ ट्रक, २१ बस र दुई सय ८२ अन्य सवारी  चालक कारवाहीमा परेका हुन् ।

ट्राफिक नियम उल्लघंन गर्ने सवारी चलकलाई कारवाही गर्दा १४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रमहरू समते नियमित रुपमा गर्दै आइरहेको छ ।   


प्रतिक्रिया