लुम्बिनी र बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीद्वारा सपथ ग्रहण

श्रावण ९, २०८१ | मकवानपुर, देउखुरी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

बुटवलमा एक समरोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई सपथ गराउनु भएको हो ।

सपथपछि मुख्यमन्त्री आचार्यले पछिल्लो समय प्रदेश सरकारप्रति प्रश्नचिन्ह खडा भएको बताउँदै निराशालाई आशामा परिणत हुने गरी काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्रीसँगै एमालेबाट ४ र काँग्रेसबाट ४ जना मन्त्रीले पनि सपथ लिएका छन् । एमाले र काँग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ ।

यसैबीच, बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

हेटौंडामा एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवप्रसाद शर्माले मुख्यमन्त्री लामालाई सपथ गराउनु भएको हो ।

मुख्यमन्त्री लामासँगै एमालेका ६ र काँग्रेसका ३ जना मन्त्रीले पनि सपथ लिएका छन् । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बाग्मतीमा काँग्रेस–एमालेको सरकार गठन भएको हो ।  


प्रतिक्रिया