पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

श्रावण १०, २०८१ | रुकुम पूर्व
मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको रानीकोटमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
सिस्ने गाउँपालिका–६ मा पर्ने निर्माणाधिन रानीकोट–खोपिचार सडक–खण्डमा गएरातीे खसेको पहिरोले आवागमनमा अवरोध पुगेको हो ।
पहिरोका कारण रुकुम पश्चिमबाट रुकुम पूर्व, बागलुङ, पोखरा, काठमाडौैतर्फ र रुकुम पूर्वबाट दाङ, नेपालगञ्ज, सुर्खेतलगायत आवातजावत गर्ने सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।
पहिरोले राष्ट्रिय प्रशारण लाईनमा असर गरेपछिजिल्लामा विद्युत सेवा हिजो रातीदेखी अवरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् ।