लुम्बिनी प्रदेशमा डेङ्गी संक्रमित बढ्दै

श्रावण १०, २०८१ | रुपन्देही

लुम्बिनी प्रदेशमा डेङ्गीका संक्रमित बढेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार ३ हजार ७ सय २१ जनामा डेङ्गी संक्रमण देखिएको छ ।

प्रदेशका १२ जिल्लामध्ये डेङ्गीको संक्रमण सबैभन्दा धेरै रुपन्देहीमा १ हजार २ सय २२ जनामा देखिएको छ । । यस्तै, दाङमा ८ सय २२, पाल्पामा ४ सय ८३, गुल्मीमा ३ सय ७२ जनामा डेङ्गी देखिएको निर्देशनालयका सूचना अधिकारी डोर बहादुर बस्नेतले जानकरी दिनुभयो ।

उहाँका अनुसार अर्घाखाँचीमा २ सय ९१, प्युठानमा १ सय २४, बर्दियामा १ सय १४, कपिलवस्तुमा ९५, बाँकेमा ९३, पश्चिम नवलपरासीमा ६८, रोल्पामा २२ र सबैभन्दा कम पूर्वी रुकुममा ४ जनामा डेङ्गी देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन निरिक्षक एवं पूर्व डेङ्गी फोकल पर्सन खिमलाल पाण्डेका अनुसार अहिले तराईका जिल्ला भन्दा पहाडी जिल्लामा डेङ्गी संक्रमण बढ्दै गएको छ ।  


प्रतिक्रिया