तिनाउ नदीमा डुबेर दुई बालकको मृत्यु

श्रावण १२, २०८१ | तिलोत्तमा

तिनाउ नदीमा डुबेर रुपन्देहीमा दुई जना बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१ सिर्जनानगरस्थित आफन्तको घरमा आएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको बुटवलस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

बुटवल-१ सिर्जनानगरस्थित सानी आमाको घरमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका थिए । 

नदीमा बगेका मध्ये बाग्लुङको बरेङ गाउँपालिकाका १२ वर्षीय विवश खत्रीको शव शुक्रबार साँझ नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 

रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डेको शव शनिबार बिहान तिलोत्तमाको गोरकटवा नजिक नदीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

पौडी खेल्न गएका दुई जनालाई नदीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।


प्रतिक्रिया