क्रसर उद्योगले उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

श्रावण १३, २०८१ | महोत्तरी

महोत्तरीको बर्दिवास ६ स्थित रातुखोला किनारामा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बलकको मृत्युु भएको छ ।

अन्दाजी १३ वर्षका बालक रिदम विश्वकर्माको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

शनिबार बिहान पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछी खोजी गर्ने क्रममा स्थानियले आइतबार दिउँसो १ बजे उनलाई मृत फेला पारेका हुन् ।

उत्खननको मापदण्ड विपरीत क्रसर उद्योगले २० फिट माथिका सयौं खल्डा बनाएको सो क्षेत्रमा वर्षाको पानी जमेसंगै बालबालिका पौडी खेल्न जाने गरेकाले घटना भएको स्थानीय जेनिस कार्कीको भनाई छ ।

बर्दिवास ६ का अध्यक्ष पदम बहादुर आलेका अनुसार मृत बालक गाउँकै स्कुललमा कक्षा ७ मा अध्ययनरत थिए । बिदाको दिन पौडी खेल्न गएका बालक साथिभाइलाई छोडेर एक्लै गएकाले घटना भएको आलेको भनाई छ । यसअघि बर्दिवास १४ का १६ वर्षीय रोशन मिश्रको क्रसरले बनाएको खाल्डोमै डुबेर मृत्यु भएको थियो ।   


प्रतिक्रिया