गोरखामा पहिरोमा पुरिएर ५ जना बेपत्ता

श्रावण १३, २०८१ | गोरखा

गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसे फाँटमा खसेको पहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन् ।

सामुदायिक वनबाट झरेको लेदो सहितको पहिरोले गएराति एक कृषि फर्म र एउटा घर बगाएको हो ।

पहिरोमा पुरिएर सो कृषि फर्मका सञ्चालक ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी, बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोही स्थानका रमेश गुरुङ र रमेश परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

धार्चे–५ सिङ्लाका दिलिप गुरुङ र खम वहादुर गुरुङ घाइते भएका छन् । स्थानीयको सहयोगमा बेपत्ता भएकाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।   


प्रतिक्रिया