पहिरोले सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध

मध्य पहाडी लोकमार्गको सिन्धुलीको गोलन्जोर गाउापालिका–२ को कखुरेटारमा लेदो खसेपछि सडक अवरुद्ध । तस्बिरः राजकुमार कार्की/ रेडियो कान्तिपुर 

श्रावण १६, २०८१ | सिन्धुली

लगातारको वर्षापछि खसेको पहिरोले मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध बनेको छ । पहिरोले खुर्कोट–घुर्मी खण्ड अन्तर्गत चारस्थानमा बुधबार बिहानैदेखि सडक अवरुद्ध बनेको हो ।

गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोलन्जोर–२ को कुखुरेटारमा ढुङ्गामाटो र लेदो सहितको पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध बनेको सिन्धुली प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । 

फिक्कल गाउँपालिका–४ मा खाङसाङ खोलामा आएको बाढीले यातायात सञ्चालन हुन सकेको छैन । पालिकाहरुबाट डोजर मगाएर पहिरो पन्छ्याउने काम भईरहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।


प्रतिक्रिया