गोरखाको रेसेफाँट पहिरोमा बेपत्ता परियारको शव भेटियो

श्रावण १९, २०८१ | गोरखा

गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँट पहिरोमा पुरिएर बेपत्ता बनेका एक जनाको शव भेटिएको छ । 

गत आइतबार बिहानको पहिरोमा पुरिएर बेपत्ता भएका धार्चे गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियारको शव शुक्रबार भेटिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पहिरोले घर बगाएको ठाउँबाट करीब दुई किलोमिटर तल रेशा खोलामा परियारको शव भेटिएको डीएसपी श्रेष्ठले बताउनुभयो । 

‘खोलाको बिचमा ढुङ्गाले अड्काएको अवस्थामा शव फेला पार्‍यौँ,’ उहाँले भननुभयो, ‘शवको पहिचान गरेर आफन्तलाई जिम्मा पनि लगाइसकेका छौँ । गत आइतबार रेसेफाँट पहिरोमा बेपत्ता भएका चार जनाको शव भने सोमबार नै भेटिएको थियो । 


प्रतिक्रिया