आठविसकोट ११ फारुलाका ७ घर परिवार पहिरोले विस्थापित

श्रावण २०, २०८१ | रुकुम पश्चिम
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ डाडाँगाउस्थित फारुलाका सात घर परिवार पहिरोका कारण विस्थापित भएका छन् ।
गत वर्षको जाजरकोट भूकम्पपछि अस्थायी रुपमा बस्दै आएका ती परिवार पहिरोपछि थप समस्यामा परेका छन् ।
गाउँमाथीको सल्लेरी पाखाबाट झरेको पहिरोका कारण उनीहरुको अस्थायी टहरा पूर्णरुपमा क्षति भएको आठविसकोट नगपालिका प्रमुख रवी केसीले जानकारी दिनुभयो ।
भूकम्पका कारण चिरा परेको जमिनमा नै पहिरो आएको स्थानीयको भनाई छ । पहिरोबाट विस्थापित परिवारलाई त्रिपाल र तत्कालका लागी रासनको व्यवस्था गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।



