तनहुँ डेंगीको हटस्पट बन्दै
श्रावण २३, २०८१
तनहुँको आँवु खैरेनीबजार क्षेत्र डेंगी संक्रमणको हटस्पट बन्दै गएको छ । गत जेठ ३१ गते पहिलो डेंगी संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक ३५÷४० जनामा संक्रमण देखिन थालेको छ । गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पतालमा मात्रै ३ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डिबी क्षेत्रीले बताउनुभयो । जसमध्ये १ सय १७ जना अस्पतालमै उपचाररत छन् ।
उहाँका अनुसार आँवुखैरेनीको वडा ३ क्षेत्रका बासिन्दा डेंगी संक्रमणबाट बढी प्रभावित भएका छन् । संक्रमितको संख्या दैनिक बढ्दै गएको र अस्पतालमा विरामीको चाप बढ्दै गएको हाम्रा सहकर्मीले जनाएका छन् । आँबुखैरेनी गाउँपालिकामा डेंगी संक्रमितको संख्या बढ्दै गएपछि र बालबालिका समेत संक्रमित हुन थालेपछि चार वटा विद्यालय बन्द गरिएको छ ।