पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

श्रावण २७, २०८१ | नवलपरासी पूर्व

पहिरोले कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा सडक अवरुद्ध भएको छ । गैंडाकोट नगरपालिका–३ हिउँदे खोला र तरङ्ग खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

सडक अरुद्ध हुँदा कालीगण्डकी करिडोर हुँदै गैंडाकोटबाट जिल्लाको पहाडी भेगमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी बेद बहादुर पौडेलले सडकमा खसेको पहिरो हटाउनका लागि समन्वय भईरहेको बताउनुभयो । 

पहाडी भेग र पहिरो खसिरहने भएकाले अवरोध हटाउन समय लाग्ने उहाँको भनाई छ । वर्षा रोकिएपछि सडकमा खसेको पहिरो हटाउने र स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया